भरतपुर-११ मा छतबाट खसेर दुई वर्षीय बालकको निधन
चितवन, ४ कात्तिक । चितवनको भरतपुर महानगरपालिका–११ स्थित जखडीमाईमा घरको छतबाट खसेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बालक दुई वर्षीय सियास भट्ट रहेका छन् ।
हिजो (बिहीबार) दिउँसो करिब १२ः४० बजेको समयमा आफ्नै घरको छतमा खेलिरहेका क्रममा तीन तलामाथिबाट खसेर बालक गम्भीर घाइते भएका थिए ।
उनको उपचारको लागि चितवन मेडिकल कलेजतर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
मृतक बालकको बुबाआमा भने हाल जापानमा रहेका छन् ।