भरतपुर-११ मा छतबाट खसेर दुई वर्षीय बालकको निधन

चितवन, ४ कात्तिक । चितवनको भरतपुर महानगरपालिका–११ स्थित जखडीमाईमा घरको छतबाट खसेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बालक दुई वर्षीय सियास भट्ट रहेका छन् ।

हिजो (बिहीबार) दिउँसो करिब १२ः४० बजेको समयमा आफ्नै घरको छतमा खेलिरहेका क्रममा तीन तलामाथिबाट खसेर बालक गम्भीर घाइते भएका थिए ।

उनको उपचारको लागि चितवन मेडिकल कलेजतर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

मृतक बालकको बुबाआमा भने हाल जापानमा रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...