बेलबारी गोल्डकप १५ गतेदेखि

चन्द्र पौडेल

मोरङ, ३ कात्तिक । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारासहित पाचौ डाँगीहाट युथ क्लब द्धारा ‘बेलबारी बुद्ध एअर अन्तराष्ट्यि आमन्त्रण गोल्डकप फुटबल’ आयोजना हुने भएको छ ।

मोरङको बेलबारी नगरपालिका लक्ष्मीमार्ग लक्ष्मी मा.वि खेलमैदानमा कात्तिक १५ गतेदेखि २३ गतेसम्म आयोजना हुन गईरहेको बुधबार एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।

३ विदेशी टिमसहित १० टोलीको सहभागिता रहने प्रतियोगितामा रोलिङ एफसी झापा र पेम्बा युथ क्लब विराटनगरबीच कात्तिक १५ गते प्रतिस्पर्धा हुनेछ ।

यस पटक बेलबारी बुद्ध एअर गोल्डकपको राशीमा पनि वृद्धि गरिएको छ । यसपटकको विजेताले ८ लाख १ हजार रुपैयाँ पाउनेछ । गत वर्षको विजेताले ५ लाख १२ हजार रुपैयाँ प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष बिक्रम राईले बताए ।

प्रतियोगिताबाट ६१ लख ९० हजार रुपैयाँ आम्दानी गर्ने र ५२ लाख ६१ हजार रुपैयाँ खर्च अनुमान गरेको छ । आयोजक क्लबले संचालन गर्दै आएको प्रतियोगिताबाट बचत भएको रकम नगर खेलकुद विकास र सामाजिक काममा खर्चिदै आएको अध्यक्ष बस्नेतले बताए ।

सोही अवसरमा सुरुवाती चरणदेखि नै निरन्तर आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरेको भन्दै स्थानीय (हाल युके) चन्द्रप्रकाश राईलाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय