बझाङमा जीप दुर्घटना हुँदा सातजनाको मृत्यु

बझाङ, ३ कात्तिक । बझाङमा जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।  मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।

सदरमुकाम चैनपुरमा लागेको मेला हेरेर फर्किनेहरु चढेको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी मष्टा गाउँपालिका–२ का २८ वर्षीया बसन्ती धामी कठायत, उनकी ७ महिनाकी छोरी दीक्षिता, सोही वडाकी १३ वर्षीया सम्झना खड्का, १४ वर्षीय प्रचण्ड खड्का, १५ वर्षीय रोशन खड्का, शुक्लाफाँटा नगरपालिका–७ का ४० वर्षीय झरेन्द्र बोहरा र २ बस्ने ३८ वर्षीय वीरेन्द्र अधिकारी रहेका छन् ।

जीपमा सवार अन्य १८ जना घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर अवस्थाका ३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भनेअन्य १५ जना घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

 कच्ची सडकमा क्षमता भन्दा धेरै यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय