काठमाडौं-३ मा काङ्ग्रेसको निर्वाचन लक्षित विभिन्न समिति गठन
काठमाडौं, १ कात्तिक । नेपाली काङ्ग्रेस काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गत निर्वाचन लक्षित मुल समिति सहित विभिन्न उपसमिति गठन भएका छन् ।
पार्टीको क्षेत्रीय समितिले पार्टीका युवा नेता एवं महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हरिबोल भन्डारीको संयोजकत्वमा २००१ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ ।जसमा क्षेत्रको प्रदेश (क) संयोजक श्रीराम चालिसे,प्रदेस (ख) संयोजक बिष्णुदेवी पुडासैनी रहेका छन् ।
त्यसैगरी समितिको सचीवको जिम्मेवारी पार्टीको क्षेत्रका दुई सह-सचीव अमृत खड्का र सुदिप पण्डितलाई दिइएको छ । मुल समितिले विभिन्न भ्रातृसंगठनको समेत परिचालन समिति गठन गरेको छ ।
जसमा प्रविधि व्यवस्थापन समिति संयोजक विश्वदिप लामिछाने, युवा परिचालन संयोजक सन्जय लामा, आदिवासी जनजाति परिचालन संयोजक साम्देन लामा, बुद्धिजीवी परिचालन संयोजक डा.सुवास प्याकुरेल र महिला परिचालन संयोजक लिला भट्टराई तथा सहसंयोजक रीता ढकाल रहेका छन् ।
त्यसैगरी विद्यार्थी परिचालनमा संयोजक राजेश अधिकारी र सह-संयोजक असितमान श्रेष्ठ रहेका छन भने संघ संस्था समन्वय र परिचालन संयोजक उत्तम पुडासैनी, दलित संयोजक विक्रम सुनार र गोकर्णेश्वर नगरपालिका संयोजक कुमार लामा रहेको मुल समिति संयोजक भन्डारीले जानकारी दिए ।
आगामी मंसिर-४ को प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनलाई सफल बनाइ पार्टीका उम्मेदवार जिताउन र कार्यकर्ता सम्म काङ्ग्रेसको अभियान चलाउन यो समिति गठन गरिएको भन्डारीले परेवान्युजलाई बताए ।
यस निर्वाचन क्षेत्रमा प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस पार्टीका क्षेत्रीय सभापति सन्तोष चालिसे र प्रदेश सभा(क)मा छिरिङ दोर्जे लामा तथा प्रदेस सभा(ख) मा बिमल ठकुरी उम्मेदवार छन् ।