काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ को चुनावी कमान्डर हरिबोल भण्डारी

 

काठमाडौं, ३१ असोज । नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर-३ क्षेत्रीय समितिले पार्टीका युवा नेता एवं महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारी को संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएर चुनावी अभियान सुरु गरेको छ ।

सोमबार बसेको बैठकले यो निर्णय गरेको नेपाली काङ्ग्रेस काठमाडौ-३ क्षेत्रीय सभापति तथा प्रतिनिधिसभा उम्मेदवार सन्तोष चालिसेले जानकारी दिए ।

यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभामा नेपाली काङ्ग्रेस पार्टीका क्षेत्रीय सभापति सन्तोष चालिसे र प्रदेश सभा(क)मा छिरिङ दोर्जे लामा तथा प्रदेश सभा(ख) मा बिमल ठकुरी उम्मेदवार छन् । पार्टी र उम्मेदवारलाई पार्टीको एजेन्डा सहित जनतामा पुर्याउन निर्वाचन परिचालन समितिको मुख्य भुमिका हुने उम्मेदवार चालिसेले परेवान्युजलाइ बताए ।

बैठकले निर्वाचन परिचालन समितिकै रुपमा प्रदेश (क) र प्रदेश (ख) को पनि जिम्मेवारी बाँडफाँड गरेको छ । निर्वाचन क्षेत्र प्रदेश(क) को संयोजक श्रीराम चालिसे र निर्वाचन क्षेत्र प्रदेश (ख) को संयोजक विष्णुदेवी पुडासैनी रहेको स्रोतले जनाएको छ ।

त्यसैगरी समितिको सचीवको जिम्मेवारी पार्टीको क्षेत्रका दुई सह-सचीव अमृत खड्का र सुदिप पण्डितलाई दिने निर्णय गरेको छ । समितीले आजैदेखी आफ्नो काम सुरु गर्ने र टोल, इकाई, वडा र प्रदेश तथा विभिन्न भ्रातृसंगठनको समेत परिचालन समिति मार्फत व्यापक अभियान संचालन गर्नेछ ।

आगामी मंसिर ४ गतेको निर्वाचनमा सबै उम्मेदवार जिताउन पार्टीको समर्थक, शुभेच्छुक, नेताकार्यकर्ता र जनतासमक्ष अपिल गर्नुको साथै योजनाहरु बनाएर अघि बढ्ने संयोजक भण्डारीले बताए ।

‘मेरो जिम्मेवारी भनेको हाम्रो एजेन्डा जनता समक्ष लैजाने,नेपाली काङ्ग्रेसका उम्मेदवारलाई बिजयी गराउने र लोकतन्त्र सुदृढ गर्दै समृद्ध देशको नेतृत्व काङ्ग्रेसले नै गर्नेछ भन्ने विश्वास आम कार्यकर्तामा जगाउने हो’, उनले भने ।

-उम्मेदवारहरुसँग भण्डारी

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय