सिटीमाथि लिभरपुलको जीत, आर्सनल शीर्षमा यथावत्

काठमाडौं, ३१ असोज । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले झिनो अन्तरको जीत निकालेको छ । लिभरपुलले म्यान्चेस्टर सिटीलाई १-० गोलले हराएको हो ।

घरेलु मैदानमा लिभरपुलको जीतमा मोहमद सालाहले एकमात्र गोल गरे । दोस्रो हाफको ७६औं मिनेटमा सालाहले गरेको गोल नै निर्णायक बनेको थियो ।

यस जितसँगै लिभरपुल ९ खेलबाट १३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित सिटीको १० खेलबाट २३ अंक छ ।

सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी छोट्याउने अवसर गुमायो । शीर्षमा आर्सनलको २७ अंक रहेको छ । आर्सनलले गएराति लिड्स युनाइटेडलाई १-० ले हराएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...