स्पेनिस लालिगा: बार्सिलोनामाथि रियलको जीत

काठमाडौं, ३१ असोज । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति सम्पन्‍न ‘एल क्लासिको’ खेलमा रियल मड्रिडले जीत हासिल गरेको छ । रियलले बार्सिलोनालाई ३-१ गोलअन्तरले हराएको हो ।

घरेलु मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, फेडे भाल्भर्डे र रोड्रिगोले एक-एक गोल गरे । बार्सिलोनाका फेरान टोरेसले एक गोल फर्काए ।

खेलको १२औं मिनेटमा कप्तान बेन्जेमाको गोलमार्फत रियलले अग्रता लिएको थियो । ३५औं मिनेटमा भाल्भर्डेले दर्शनीय गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले बार्सिलोनाका तीन डिफेन्डरबीचबाट गरेको प्रहारले जाली चुमेको थियो ।

८३औं मिनेटमा फेरान टोरेसले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । इन्ज्युरी समयको पहिलो मिनेटमा रोड्रिगोले पेनाल्टीमा गोल गर्दै रियलको ३-१ को जीत पक्का गरे ।

जीतसँगै रियलले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिन सफल भएको छ । हालसम्म अपराजित रहेको रियलको ९ खेलबाट २५ अंक पुगेको छ भने सिजनको पहिलो हार व्यहोरेको बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय