गठबन्धनका शीर्ष नेता काँडाघारीमा
काठमाडौं, ३० असोज । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतृत्व काठमाडौंको काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा जम्मा भएका छन् ।

प्रतिनिधि सभा काठमाडौ क्षेत्र नम्बर-२का उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्न नेताहरु त्यहाँ पुगेका हुन् । सभामा प्रधानमन्त्री देउवा सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, प्रतिनिधिसभा उम्मेदवार तथा पुर्व सभामुख ओनसरी घर्तीलगायत नेताले सम्बोधन गर्दैछन् ।

नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र नम्बर-२ क्षेत्रीय सभापति कबिर शर्माको अध्यक्षतामा सुरु भएको सभामा ‘संविधानको रक्षा,स्थिरता र समृद्धिका लागि गठबन्धन’भन्ने विषयमा शीर्ष नेतृत्वले प्रशिक्षण दिने कार्यक्रम समेत रहेको नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य कुमार पौडेलले परेवान्युजलाई जानकारी दिए ।