शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको जोशी परिवारले जनाएको हो ।

मुटु र प्रोष्टेटको समस्या रहेका जोशीलाई कमजोरी बढ्दै गएपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण समेत पुष्टि भएको थियो ।

अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

वाङ्मयपुरुष तथा सँस्कृतिविदका रुपमा चिनिने जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् ।

उनलाई २०७९ को संविधान दिवसको अवसरमा सरकारले ‘राष्ट्र गौरव’बाट मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय