टी-२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै
काठमाडौं, ३० असोज । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता आइसिसी टी२० विश्वकप क्रिकेट आजदेखि अस्ट्रेलियामा सुरु हुँदै छ । समूह चरणका खेलहरु आजदेखि सुरु हुनेछन् ।
उद्घाटन खेलमा विहान पौने १० बजे समूह ए बाट नामिबिया र श्रीलंका खेल्दै छन् । त्यसैगरी आजै युएई र नेदरल्यान्ड्स पनि दिउँसो पौने २ बजे खेल्दै छन् ।
समूह ए र बी बाट शीर्ष हुने दुई दुई टोली सुपर १२ मा प्रवेश गर्ने छन् । सुपर १२ मा आइसिसी वरियतामा शीर्ष ८ टोली दुई समूहमा विभाजित भएर रहेका छन् ।
समूह चरणबाट जाने चार टोली सुपर टोलीको दुई समूहमा थपिनेछन् र त्यहाँ हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।