चितवन ३ मा एमालेको समर्थन काँग्रेसका बागीलाई
चितवन, २६ असोज । चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको छ ।
एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको हो ।
यसबारेमा आयोगले भने निर्णय गर्न बाँकी रहेको छ । न्यौपाने भने हाल सम्पर्कमा आएका छैनन् ।
यस क्षेत्रबाट गठबन्धनका तर्फबाट डा भोजराज अधिकारी तथा राप्रपाबाट विक्रम पाण्डेको पनि उम्मेदवारी रहेको छ ।