दीपक मनाङ्गे निर्विरोध निर्वाचित
मनाङ, २६ असोज । राजीव गुरुङ अर्थात् दीपक मनाङ्गे मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार दोर्जे लामाले उम्मदेवारी फिर्ता लिन निवेदन दिएसँगै मनाङ्गे प्रदेशसभा ख बाट निर्विरोध निर्वाचित भएका हुन् ।
सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका मनाङगेले मनोनयन गर्नुअघि गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएको थिएन ।
अब मनाङ्गेको मात्र उम्मेदवारी भएसँगै अब प्रक्रिया पुरा गरेर आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिने जनाइएको छ ।
मनाङ्गे २०७४ मा पनि स्वतन्त्र उम्मेदवारीबाट एमालेको समर्थनमा सांसद बनेका थिए ।