देउवाको उम्मेदवारी रद्द गर्न निर्वाचन आयोगमा उजुरी

 

काठमाडौं, २४ असोज । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सभापति देउवा आफैं उपस्थित हुन नसकेको भन्दै वारेस मार्फत श्रीमती आरजु देउवाले डडेल्धुराबाट प्रतिनिधिसभामा उनको उम्मेदवारी दर्ताको निवेदन दिएकी थिइन् ।

उजुरीकर्ताले प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता नामावलीमा जन्म मिति छुट्टाछुट्टै रहेको जिकिर सहित आयोगमा उजुरी दिएका हुन् । देउवाको नागरिकतामा २००३ ज्येष्ठ ३१ गते जन्मिएको र मतदाता नामावलीमा २००२ ज्येष्ठ ३१ गते जन्म मिति रहेको पाइएको छ ।

नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उनको उम्मेदवारी विरुद्ध नेपाली काँग्रेस वी.पिका वरिष्ठ उपसभापति कर्ण मल्लले उजुरी दिएका हुन् ।

नेपाली काङ्ग्रेसमा देउवा पक्षका खम्बा मानिएका मल्ल प्रदेश सभा सदस्यबाट राजीनामा दिएर वीपी काङ्ग्रेस प्रवेश गरेका थिए । हाल उनी देउवाविरुद्ध उनकै क्षेत्रमा वीपी काङ्ग्रेसबाट चुनावी मैदानमा छन् ।

यो क्षेत्रमा एमालेले मल्ललाई सघाउन सक्ने उनी निकट एक केन्द्रिय सदस्यले बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय