निरन्जनले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं, २३ असोज । काठमाडौं क्षेत्र नम्बर-३ बाट निरन्जन पुडासैनीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर-३ को निर्वाचन कार्यालय पुगेर बिहान १२:२५ बजे पुडासैनीले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावक रामप्रसाद पुडासैनी र समर्थक उध्धव आचार्य रहेका छन् । उनको क्रम संख्या ४ रहेको छ ।

राजनीतिक दलले हरेक समस्या पैदा गर्ने तर विकास र समृद्धिमा ध्यान नदिने भएका कारण आफुले दलभन्दा माथि उठेर देशको सेवा गर्न स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय