काठमाडौं ३ मा काँग्रेसबाट बाट सन्तोष चालिसे

काठमाडौं, २३ असोज । नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा निर्वाचनमा सन्तोष चालिसेलाई उम्मेदवार बनाएको छ । उनी पार्टीको काठमाडौं क्षेत्र नम्बर-३ का क्षेत्रीय सभापति तथा गोकर्णेश्वर नगरपालिकाको प्रथम मेयर हुन् ।

पञ्चायत कालदेखि जनप्रतिनिधिको रुपमा काम गर्दै आएका उनी वडा अध्यक्ष, गाविस अध्यक्ष हुँदै नगर प्रमुख भएका हुन् ।

स्थानीय जनताबीच लोकप्रिय रहेका चालिसेलाई प्रतिनिधि सभाको टिकट दिएको नेपाली काँग्रेसले प्रदेशमा भने छिरिङ दोर्जे लामालाई नै टिकट दिएको छ । छिरिङ यसअघि पनि बागमती प्रदेश सभाको सांसद हुन् ।

यो क्षेत्र बाट नेकपा एमालेले भने कृष्ण राईलाइ प्रतिनिधि सभाको टिकट दिएको छ । प्रदेशमा चाहिँ रामेश्वर फुयाल र चन्द्रमान लामालाई टिकट दिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय