मनोनयन दर्ता गर्न रवि चितवनमा, क्षेत्र नम्बर २ बाट उठ्ने

चितवन, २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाटै चुनाव लड्ने भएका छन् । मनोनयन दर्ता गर्नका लागि अहिले उनी चितवन पुगेका छन् ।

उनी चितवन क्षेत्र नं २ बाट निर्वाचन लड्ने छन् । यसअघि उनले क्षेत्र नम्बर ३ बाट माओवादी अध्यक्ष प्रचण्डका विरुद्ध उम्मेदवारी दिने तयारी गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट उम्मेदवार बन्ने भएपछि लामिछानेले चितवन २ बाट उम्मेदवार बन्न लागेका हुन् ।

निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारको मनोनयन दर्ता गर्दै छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय