सभामुख सापकोटा चुनाव नलड्ने

काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रका नेता एवम् सभामुख अग्‍निप्रसाद सापकोटा चुनाव नलड्ने भएका छन् । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयनको अघिल्लो दिन शनिबार सभामुख अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन गरेर आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् ।

सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस भएका उनले युवा पुस्तालाई नेतृत्वमा ल्याउने भन्दै चुनाव नलड्ने निर्णय गरेको बताए ।

‘तर, मैले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ । यसमा लागि मैले निर्णय लिनुपर्छ, निरन्तरतामा क्रम भंगता हुनुपर्छ भनेर यसपटक चुनाव नलड्ने निर्णय लिएको हुँ’ सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

अग्निप्रसाद सापकोटाले चुनाव नलड्ने घोषणा गरेपछि सो क्षेत्रबाट माधव सापकोटाले टिकट पाउने भएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय