जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका पाँचको मृत्यु

जुम्ला, २२ असोज । जुम्लामा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा गएको पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको हो ।

विहान करिब ४ बजेको समयमा गएको पहिरोमा परी मृत्यु हुनेमा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलन रहेका छन् ।

उनीहरुका छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही पहिरोमा बेपत्ता छन् । घटनास्थलबाट दुई जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको छ ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय