प्रचण्ड र बाबुराम सँगै गोरखा जाने

काठमाडौं, २२ असोज । आउँदै गरेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् ।

बाबुरामनिकट स्रोतका अनुसार बाबुराम र प्रचण्ड आइतबार गोरखा जानेछन् । गोरखाको क्षेत्र नम्बर २ बाट प्रचण्ड चुनावमा उठ्दै छन् ।

यसअघिका निर्वाचनमा यस क्षेत्रबाट बाबुरामले जित्दै आएका थिए । बाबुरामले भने यसपटक चुनाव नै नलड्ने घोषणा गरिसकेका छन् ।

निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय