
उद्दारमा खटिएर फर्कंदै गरेका सशस्त्रका दुई जवानको मृत्यु
दाङ, २२ असोज । दाङमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् ।


लमहीबाट बाढीपीडितको उद्धारमा खटिएर लु ४० प ४९२२ नम्बरको मोटरसाइकलमा फर्कंदै गरेका उनीहरु भालुबाङस्थित कार्यालय फर्किने क्रममा गएराति राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटनामा परेका थिए ।

उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक राजनकुमार गौतमले बताए ।
मृत्यु हुने दुवै जना सशस्त्र प्रहरीका जवान रहेको सशस्त्र प्रहरी बल २९ नम्बर गण भालुबाङले जनाएको छ ।
Comments

