गोरखा छाडेका बाबुरामले काठमाडौं-७ पाउने
काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो निर्वाचन क्षेत्र गोरखा-२ छाडेका पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौको क्षेत्र नम्बर ७ पाउने भएका छन् ।
गठबन्धनका दलबीच शुक्रबार राति भएको सहमतिअनुसार काठमाडौं-७ माओवादी केन्द्रको भागमा परेको छ । माओवादीकै चुनाव चिन्ह लिएर चुनावमा जान लागेको डा.भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले काठमाडौ ७ बाट मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
मानुषी डा.भट्टराईकी छोरी हुन् । यसअघि सो क्षेत्रमा जसपाको दाबी थियो । जसपा गठबन्धनबाट बाहिरिएपछि नेसपाको भागमा पुगेको छ ।
जसपाले एमालेसँग तालमेल गर्दै काठमाडौं ७ बाट राजेन्द्र श्रेष्ठलाई उठाउने छ ।