गोरखा छाडेका बाबुरामले काठमाडौं-७ पाउने

काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो निर्वाचन क्षेत्र गोरखा-२ छाडेका पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौको क्षेत्र नम्बर ७ पाउने भएका छन् ।

गठबन्धनका दलबीच शुक्रबार राति भएको सहमतिअनुसार काठमाडौं-७ माओवादी केन्द्रको भागमा परेको छ । माओवादीकै चुनाव चिन्ह लिएर चुनावमा जान लागेको डा.भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले काठमाडौ ७ बाट मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

मानुषी डा.भट्टराईकी छोरी हुन् । यसअघि सो क्षेत्रमा जसपाको दाबी थियो । जसपा गठबन्धनबाट बाहिरिएपछि नेसपाको भागमा पुगेको छ ।

जसपाले एमालेसँग तालमेल गर्दै काठमाडौं ७ बाट राजेन्द्र श्रेष्ठलाई उठाउने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...