सर्वेन्द्र खनालले काठमाडौं ६ बाट पाए टिकट

काठमाडौं, २१ असोज । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेबाट प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नं. ६ मा सर्वेन्द्र खनालले टिकट पाएका छन् ।

नेपाल प्रहरीका पूर्वआईजीपी समेत रहेका खनाल गएको असोज ६ गते एमाले प्रवेश गरेका थिए ।

खनाल जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए ।

यस क्षेत्रबाट नेपाली काँग्रेसले भने भीमसेनदास प्रधानलाई टिकट दिने तयारी गरेको बुझिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय