गुणादी र घाँसीकुवामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

-फाइल तस्वीर

तनहुँ, २१ असोज । अविरल वर्षाका कारण पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । म्याग्दे खण्डमा राति २ः४० मा र व्यास खण्डमा बिहान ६ः३० मा पहिरो खसेको थियो ।

गुणादीको पहिरोमा परी एक स्कोर्पियोमा क्षतिसमेत पुगेको छ भने राजमार्ग अवरुद्ध भएकाले सयौं सवारीसाधान रोकिएका छन् ।

एस्काभेटर र डोजर परिचालन गरेर पहिरो हटाउने कार्य सुरु गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय