बारामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

बारा, २० असोज । बारामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । नारायणगढबाट वीरगञ्‍ज जाँदै गरेको बस बिहिबार विहान जितपुर सिमरा उपमहानगरपालिका–२२ अन्तर्गत तीन नम्बर पुल नजिकै दुर्घटना हुँदा अन्य ३६ जना घाइते भएका छन् ।

बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा परी ९ पुरुष र ६ महिला गरी १५ जनाको मृत्यु भएको हो । मृतक सबैको सनाखत हुन बाँकी छ ।

घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेकोे छ ।

घाइते केहीलाई थप उपचारका लागि चितवन लगिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...