गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो
नवलपरासी, २० असोज । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेको छ । बहाव बढ्दै जान थालेपछि नवलसरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ ।
![](https://www.parewanews.com/wp-content/uploads/2024/01/1200-px100-px-QR-Teller.gif)
रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको जनाइएको छ ।
![](https://www.parewanews.com/wp-content/uploads/2024/01/Worldlink-Pubg-1200-x-100.gif)
गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ । विहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालिस हजार क्यु सेक पुगेको छ ।
पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै ब्यारेजका २२ वटा ढोका खोलिएको हो ।