लेदोसहितको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
चितवन, २० असोज । चितवनको नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । १७किलोमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
बिहिबार विहान करिब सवा ८ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुइतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अहिले सडक विभागसँग समन्वय गरेर बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।