लेदोसहितको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

 

चितवन, २० असोज । चितवनको नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । १७किलोमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

बिहिबार विहान करिब सवा ८ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुइतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले सडक विभागसँग समन्वय गरेर बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...