केपी ओलीले साइतमै लगाए टीका
काठमाडौं, १९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट दसैंको टीका लगाएका छन । उनले ११:५१ को साइतमै टीका लगाएका हुन् ।
ओलीले धर्मपत्नी राधिका शाक्य सहित बुबा र बडिआमाको हातबाट टीका लगाएको उनका प्रेस सहयोगी चेतन अधिकारीले सार्वजनिक गरेका छन् ।
यसैगरी ओलीले आफन्त र सर्वसाधारणलाई समेत दशैंको टीका लगाइदिएका छन् । यतिबेला झापामा रहेका ओलीसँग टीका थाप्न स्थानीय र आफन्त लाइन लागेका छन् ।
अध्यक्ष ओलीले गृह जिल्ला झापा दमक–९, शान्ति मार्ग स्थित निजी निवासमा परिवार तथा आफन्त र इच्छुक सर्वसाधारणलाई टीका लगाइदिएका हुन ।