दशैंमा झरी !

काठमाडौं, १९ असोज । यसवर्षको दशैं झरीमय बनेको छ । गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ । दशैंको मुख्य दिन आज विहानैदेखि केही स्थानमा त भारी वर्षा समेत भइहेको छ ।

दशैंको मुख्य दिन अर्थात् विजयादशमीका दिन आज मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने गरिन्छ  । कोरोना महामारीले गर्दा गएका दुई वर्ष केही खल्लो भएको दशैंमा यसवर्ष पनि वर्षाले असर गरेको छ ।

दशैंमा लामो दूरीमा यात्रा गर्दा सडक तथा खोलाबारे पूर्वजानकारी लिएर मात्र यात्रा गर्न मौसमविद्ले आग्रह गरेका छन् ।

धेरै ठाउँमा भारी वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय