महराको नाम समानुपातिकको सूचीबाट हटाइयो

काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराको नाम समानुपातिकको बन्दसूचीबाट हटाइएको छ । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा पहिलो नम्बरमै रहेको महराको नाम उनकै आग्रहमा हटाइएको माओवादी केन्द्रले जनाएको छ ।

पहिले रोल्पा र दाङ क्षेत्र नं १ र २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो नम्बरमै सिफारिस भएको भएपनि उनलाई माओवादीले समानुपातिकको सूचीमा राखेको थियो ।

२०४८ र २०७० सालमा रोल्पाबाट चुनाव जितेका महरा २०७४ सालमा दाङबाट निर्वाचित भएका थिए ।

यसअघि महरा सभामुख समेत भइसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय