पोखराबाट झापा जाँदै गरेको कार त्रिशुलीमा खसेर बेपत्ता

चितवन, १७ असोज । पोखराबाट झापा जाँदै गरेको कार अनियन्त्रित भएर त्रिशुली नदीमा खसेको छ । सोमबार विहान करिब ८ बजे नारायणगढ-मुग्लिन सडकको घुमाउनेबाट कार अनियन्त्रित भएर खसेको हो ।

बा १० च ५४४५ नम्बरको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको हो भने कारमा सवार दुईजना भने सकुशल रहेका छन् । कारसँगै खसेका उनीहरुलाई स्थानीय र प्रहरीले उद्दार गरेका हुन् ।

नदीमा डुबेर बेपत्ता भएको  कारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय