आज आंशिकदेखि सामान्य बदली, भोलिदेखि वर्षाको सम्भावना

काठमाडौं, १७ असोज । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ:

दिउँसो: प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलिदेखि द्वादशीसम्म देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । त्यसैगरी केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः

प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय