कमल र मेलिनाले लगनगाँठो कसे [भिडियोसहित]
काठमाडौं, १६ असोज । चर्चित गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । बडादशैंको फूलपातीको दिनको अवसर पारेर कमलले गायिका मेलिना मैनालीसँग लगनगाँठो कसेका हुन् ।
दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत उनीहरुले घोषणा गरेका छन् ।
कमलले फेसबुकमा लेखेका छन्, ‘जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार विवाह गरेका छौं । सबैमा विजया दशमीको शुभकामना’ ।
चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको तेस्रो सिजनदेखि मेलिना चर्चामा आएकी थिइन् । कमल र मेलिना केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
युट्युबमा सार्वजनिक गरिएको वैवाहिक कार्यक्रमको भिडियो: