काँग्रेसको झगडा मिल्यो, शेखर समुहले ३० प्रतिशत पाउने
काठमाडौं, १६ असोज । नेपाली काँग्रेसको घरझगडा तत्कालको लागि मिलेको छ । संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच भएको छलफलमा दुवै पक्षले भागबन्डा समेत मिलाएका छन् ।
आइतबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी सहभागी बैठकले समान अवसर र न्याय खोज्दै विद्रोह गर्ने चेतावनी दिएको डा. शेखर कोइराला पक्षलाई समानुपातिक र प्रत्यक्षमा ३० प्रतिशत भाग दिनेगरी तत्काललाई विवाद मिलाएको बुझिएको छ ।
बैठकले नेतृ आरजु राणा र मन्जु खाँडको समानुपातिक सुचीमा नम्बर हेरफेर सँगै डा. शेखर समुहका केहीलाइ थपेर संस्थापनका केहीलाइ हटाएपछि दुवैपक्ष युद्धबिरामको तहसम्म पुगेका हुन् ।
यद्यपि प्रत्यक्षको टिकट बाँडफाँडमा यो समस्या बल्झिने अनुमान धेरैको छ । समानुपातिकमा सबै सिट काँग्रेसले पाउँदा त पार्टीमा विवाद छ भने प्रत्यक्षमा त झन् ५० प्रतिशत सिट गठबन्धनका अन्य दललाई दिनुपरेपछि पार्टीभित्र कसरी चित्त बुझाउने भन्नेमा नेताहरू चिन्तित छन् ।