कस्तो रहला आइतबार दिनभरको मौसम ?

काठमाडौं, १६ असोज । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको  । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ:

दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली  रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः

प्रदेश १बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षयपहिरो तथा गेग्रान बहावको जोखिम, सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय