इटहरीका पूर्वमेयर चौधरी माओवादीमा
काठमाडौं, १६ असोज । इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकालाल चौधरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन । आइतबार विहान प्रचण्ड निवास खुमलटार पुगेर चौधरीसहितका एमाले नेताहरू माओवादी प्रवेश गरेका हुन् ।

उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताले पार्टी प्रवेश गराएका थिए । चौधरीले सुनसरीमा माओवादीबाट प्रदेश सांसदको टिकट पाउने चर्चा छ ।

आफू मेयर रहेका बेला पत्रकारको ‘नाकको डाँडी भाचिदिन्छु’ भन्ने अभिव्यक्ति दिँदा भाइरल भएका मेयर चौधरी यसअघि माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी प्रवेश गर्न लागेको हल्ला समेत थियो ।
उनले त्यसको प्रतिवाद गर्दै आज माओवादीमा प्रवेश गरेका हुन । चौधरीको क्षेत्रमा माओवादी र समाजवादी दुवैको पार्टीगत अवस्था राम्रो छैन । यद्यपि गठबन्धनबाट उम्मेदवार बन्ने मौका पाए जितिन्छ भन्नेमा चौधरी ढुक्क छन् ।