रहेनन् मर्दी ट्रेकका ‘पायोनियर’ सुदीप

पोखरा, १५ असोज । कास्कीका युवा पर्यटन व्यवसायी सुदीप गौतमको निधन भएको छ । मर्दी हिमाल पदयात्राको हाइक्याम्पनजिकै शुक्रबार पानीको पाइप जोड्न गएका बेला भीरबाट लडेर उनको ज्यान गएको हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ का ३५ वर्षीय सुदीप मर्दी हिमाल पदयात्राको पायोनियरका रुपमा चिनिन्छन् । मर्दी पदयात्रालाई विश्‍वमाझ चिनाउन मुख्य भूमिका खेलेका उनको निधनले कास्कीका पर्यटन व्यवसाय नै शोकमा डुबेको छ ।

सुदीपलेले हाइक्याम्पमा होटल ट्रेकर इन र सिदिङमा ट्रेकर प्याराडाइज सञ्चालन गर्दै आएका थिए । उनी नेपाल पर्वतारोहण संघ गण्डकीका संस्थापक सचिव समेत हुन् भने उनी नेपाल ट्रेकिङ एजेन्सिज अफ नेपाल  (टान) मा समेत आवद्ध दिए ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय