यो मित्रता: विकास र राजनीतिमा सधैं सँगै

प्रतिक भट्ट

तस्वीरमा देखिएका दुई व्यक्तित्व हुन् सन्तोष चालिसे र हरिबोल भण्डारी । यी दुवै राजनीतिक व्यक्तित्व हुन् । यिनको धेरै कुरामा समानता पनि छ । दुबैलाई चिन्‍नेजान्‍ने ले दुईजना बीच उमेरबाहेक अरु धेरै कुरामा उस्तै-उस्तै समानता देख्छन् ।

दुवैले नेपाली काँग्रेसबाट राजनीति गर्दछन, दुवैको निर्वाचन क्षेत्र पनि एउटै हो । गोकर्णेश्वर नगरपालिका नै यी दुइको स्थायी ठेगाना हो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ बाट यसपटक यी दुवैले प्रत्यक्ष निर्वाचन लड्ने इच्छा देखाएका छन् । यद्यपि टिकट कसले पाउने भन्‍ने कुराको अन्तिम फैसला बाँकी छ ।

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर-३ का सभापति रहेका सन्तोष चालिसे लामो समयदेखि राजनीतिमा छन् । उनले वडा अध्यक्ष, गाविस अध्यक्ष हुँदै गोकर्णेश्वर नगरपालिकाको प्रथम मेयर भएर काम गरिसकेका छन् ।

यस्तै हरिबोल भण्डारी नेपाली काँग्रेसका युवा नेता तथा नेपाली काँग्रेसको महासमिती सदस्य हुन् । राजनीतिमा हरेक कुरा सम्भव छ भन्ने ठान्ने भन्डारी नेपाल तरुण दलको पुनःस्थापना पछि काठमाडौको संस्थापक जिल्ला सदस्य हुँदै केन्द्रमा पुगेका थिए । हालका गृहमन्त्री बालकृष्ण खाँण केन्द्रिय अध्यक्ष हुँदा नेपाल तरुण दलको केन्द्रिय सदस्य थिए भण्डारी । अखिल नेपाल फुटबल सङमा केन्द्रिय कोषाध्यक्ष रहेर समेत उनले काम गरे ।

केही समय अमेरिका बसेका भण्डारी त्यहाँ पनि नेपाली काँग्रेस समर्थित जनसम्पर्क समिति अमेरिकामा आबद्ध थिए । जसको कारण उनले २०७२ सालको भुकम्प र ०७७/०७८ को कोरोना संकटका बेला विदेशबाट सहयोग जुटाएर नेपालको विभिन्न ठाउँमा सहयोग पठाए । भुकम्पको बेला नर्थफेससङ्ग मिलेर उनले नेपाली काँग्रेस विपद् व्यवस्थापन विभाग मार्फत सहयोग जुटाएका थिए । उनी अब एकपटक मंसिर-४ को प्रतिनिधिसभा निर्वाचनमार्फत जनप्रतिनिधि बन्न चाहन्छन ।

यता सन्तोष चालिसे पञ्‍चायती व्यवस्थादेखि बहुदल र गणतन्त्रको समयमा जनप्रतिनिधि बनेर धेरै जनताको काममा जोडिए । उनले गोकर्णेश्वर नगरपालिकाको प्रमुख हुँदा विकास आयोजनासँगै नगरको फोहोर व्यवस्थापन र मठ मन्दिर संरक्षण तथा पुनःनिर्माणमा ध्यान दिए ।

जनताको हरेक सुखमा पनि र दु:खमा पनि सङ्गै भएको कारण आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा आफुले दाबी गर्नु स्वभाविक हुने उनी ठान्दछन । पार्टी सिद्धान्त, विचार र जनताले देख्‍ने गरी विकासको काम गरेको कारण पार्टीले टिकट दिने कुरामा ढुक्क छन् सन्तोष ।

यता क्षेत्र नम्बर-३ का जनता र नेपाली काँग्रेसका सदस्य, शुभचिन्तक पनि यी दुई नेताको मित्रता र पार्टीमा गरेको योगदानलाई देखेर ढुक्क छन् । जसले टिकट पाउँदा पनि एकले अर्कोलाई सघाउने बाचा गरेका चालिसे र भण्डारीलाई आगामी राजनीतिक जीवनको लागि शुभकामना !!!

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय