तीन प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, १३ असोज । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखाको सामान्य प्रभाव रहेको छ ।

अहिले प्रदेश १ लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

महाशाखाले जारी गरेको तीन दिने मौसमी बुलेटिनअनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ:

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली  रहनेछ । प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिक देखि सामान्य  बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः

प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय