इन्जिनियर धितालको चुनावी दौड
काठमाडौं, १२ असोज । काठमाडौं क्षेत्र नम्बर-३(क) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यमा सिफारिस भएका इन्जिनियर जितेन्द्र धिताल चुनावी दौडमा निस्केका छन् ।
धितालले काठमाडौं-३ (क) अन्तर्गत पर्ने काठमाडौं महानगरको वडा नम्बर-६ र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ र ५ मा रहेका बुथहरुमा पुगेर भेटघाट गरिरहेका छन् । उनी नेपाली काँग्रेस पार्टीको तर्फबाट निर्वाचनको उम्मेदवार सिफारिस भएका हुन ।
यद्यपि उनी आकांक्षी भएपनी टिकटको टुंगो भने लागेको छैन । धितालसँगै यो क्षेत्रमा अरुको पनि दाबी छ । धितालले वडा नम्बर-६ अन्तरगतका सबै बुथका साथीहरूसँग भेटघाट र अन्तक्रिर्या गरिसकेको बताए । भेटघाट र अन्तक्रिर्यामा उनले १२ बुदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन् ।
उनको प्रतिबद्धता पत्रमा बागमती प्रदेशको विकास योजना, केन्द्र, प्रदेश र स्थानीय तहको समन्वय, सुचना तथा प्रविधि, विद्यालय सुधार, गरिब विपन्नलाई निःशुल्क स्वास्थ्य,रोजगारीको अवसर, खाली र सरकारी जमिन संरक्षण, अनलाइन सेवा तथा बौद्ध क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने लगायत विषय समेटिएको छ ।