तामाङ कल्याण गुठीको अधिवेशन सम्पन्‍न

काठमाडौं, १२ असोज । श्री बौद्ध तामाङ गुठीको छैठौं अधिवेशन तथा १७ औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्‍न भएको छ । वरिष्ठ लामा पुर्णबहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले जयमंगल लामाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

अधिवेशनले निर्विरोध निर्वाचित गरेको १९ सदस्यीय नयाँ कार्यसमितिमा सोनम लामा र मोहनकुमार लामालाई वरिष्ठ उपाध्यक्ष बनाइएको छ । यसैगरी उपाध्यक्षमा नुर्वु लामा र विष्णु लामा, सचिवमा धर्मवीर लामा, कोषाध्यक्ष श्रीजन लामा, सह–कोषाध्यक्ष कर्म फेन्जो लामा चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा गंगा लामा, लालबहादुर लामा, कृष्णबहादुर लामा,गङ्गा लामा शाक्य, दिपेन्द्र लामा, कमल लामा, चन्द्र जीत लामा,लाक्पा लामा लोप्चन, विशाल लामा, सुमित लामा, राम लामा, सुजन लामा, राजेश पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयनका लागि सल्लाहकार एवं अधिवेशन तयारी समिति संयोजक देव कुमार लामा, सम्पूर्ण कुमार लामा, श्रीमती माया डोल्मा लामा समेतको निर्वाचन समिति गठन गरिएको थियो ।

कार्यक्रममा वागमती प्रदेशसभा निबर्तमान सदस्य सांसद छिरिङ दोर्जे लामा, काठमाडौं नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष भुवन लामा, सल्लाहकार एवं पुर्व राजदुत डा.गणेश योन्जन, पुर्व बौद्धनाथ क्षेत्र विकास समिति कार्यकारिणी निर्देशक वसन्त लामा, गुठीका कानुनी सल्लाहकार विक्रम राई, सल्लाहकार एवं अधिवेशन तयारी समिति सदस्य देवकुमार लामा, सदस्यहरु सम्पूर्ण लामाको उपस्थिती रहेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय