‘पहाडको थुम्को’मा सिताराम
काठमाडौं, ११ असोज । गायक सिताराम पोखरेल नेपाली साङ्गितीक क्षेत्रमा नया नाम होइन । उनले नेपाली सांगीतिक क्षेत्रमा झन्डै तीन दशक बिताएका छन् ।
अर्को रोचक कुरा अक्टोबर महिनाको ४ तारिख (October4) र सितारामको सम्बन्ध पनि गज्जवको छ । अझै भनौं सिताराम र अक्टोबर ४ को सम्बन्ध जन्मदैको हो अर्थात सितारामको जन्म मिती अक्टोबर ४ हो ।
यसमा अर्को कुरा पनि जोडिन्छ कि सितारामले आफू जन्मेको दिनमा हरेक वर्ष एउटा साङ्गीतिक उपहार दिने गरेका छन् । यस वर्ष पनि सितारामले साङ्गितिक उपहार स्वरुप ‘पहाडको थुम्को’ म्युजिक भिडियो सार्वजनिक गरे । तर, उनको जन्मदिनभन्दा अगाडि अर्थात दशैको घटस्थापनाको दिन ।
उनको नयाँ गीत ‘पहाडको थुम्को’ नेपालको रमणीय हिमाल पारीको जिल्ला मुस्ताङमा छायांकन गरिएको हो । ‘यसपटक अक्टोबर ४ दशैको नवमीको दिन परेको कारण घटस्थापनाको दिन गीत रिलिज गरेको हुँ’, सितारामले भने- ‘अहिलेसम्मको साङ्गितीक जीवन र पाएको सफलताबाट खुशी छु, बाँकी जीवन पनि गीत सङ्गित मै बिताउनेछु’ ।
जागिरे जिवनबाट अवकास लिएपछि अझै गित संगीतमा समय दिन पाएको बताउने गायक सीताराम पोखरेलको यो नयाँ उपहार ‘पहाडको थुम्को’ २७औं म्यूजिक भिडियो हो ।
मुस्ताङको रमणीय ठाउँमा छायांकन गरिएको यो भिडियोमा गायक पोखरेलसङ्गै नायिका अनु शाह पनि देखिन्छिन् ।
भिडियो हेर्दा गायक पोखरेल र अनुको रोमान्टिक प्रेमकथा देखाउन खोजिएको बुझिन्छ । बाकी बुझ्न भिडियो हेर्नैपर्ने हुन्छ ।
हेर्नुस् भिडियो: