सन्दीपविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ !
काठमाडौं, १० असोज । नेपाली राष्ट्रिय टोलीका निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ ।
नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्ने छन् ।
आफ्नो देशमा रहेको पत्ता लागेमा उनलाई नेपाल पठाउने प्रक्रिया सुरु गरिने एक प्रहरी अधिकारीले जानकारी दिए ।
सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । जाहेरीसँगै उनलाई क्रिकेट टोलीबाट निलम्बित गरिएको थियो ।
आरोप लाग्दा क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिजमा रहेका उनी हाल कुन देशमा छन् भनेर यकिन पत्तो लागेको छैन ।