अस्ट्रेलियासँगको टी-२० श्रृंखला भारतले जित्यो

काठमाडौं, १० असोज । निर्णायक खेलमा पाहुना टोली अस्ट्रेलियालाई हराउँदै भारतले टी-२० श्रृंखला जितेको छ । आइतबार सम्पन्‍न तेस्रो तथा अन्तिम खेलमा भारतले अस्ट्रेलियामाथि ६ विकेटको जीत निकाल्यो ।

जीतका लागि १८७ रनको लक्ष्य पाएको भारतले १ बल बाँकी छँदा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि सुर्यकुमार यादवले ६९ तथा विराट कोहलीले ६३ रन बनाए । हार्दिक पान्ड्या २५ रनमा अविजित रहे । अस्ट्रेलियाका डानियल साम्सले २ विकेट लिए भने प्याट कमिन्स र जोश हेजलवूडले १-१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो । टिम डेभिडले अस्ट्रेलियाबाट पहिलो अर्धशतक प्रहार गर्दै ५४ रन बनाए । त्यसैगरी क्यामरन ग्रीनले ५२ रन बनाए । भारतका अक्षर पटेलले ३ विकेट लिँदा भुवनेश्‍वर कुमार, युजभेन्द्र चहल र हर्षल पटेलले १-१ विकेट हात पारे ।

पहिलो खेलमा अस्ट्रेलियाले २१० रनको लक्ष्य पूरा गर्दै श्रृंखलामा अग्रता लिएको थियो भने दोस्रो र तेस्रो खेलमा जीत निकाल्दै भारतले २-१ ले श्रृंखला जितेको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय