सन्दीप कहाँ छन् ? के भन्छन् ?
काठमाडौं, १० असोज । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित खेलाडी सन्दीप लामिछानेले आफूविरुद्ध षडयन्त्र भएको र त्यसको डटेर प्रतिवाद गर्ने बताएका छन् ।
आइतबार राति सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सन्दीपले आफूविरुद्धको झुठा आरोप र उजुरीको कारण मानसिक रुपमा विक्षिप्त रहेकोले चिकित्सकको सल्लाहमा केही दिन आराम गरेपछि नेपाल फर्कने बताएका छन् ।
उनले आफूविरुद्ध परेको उजुरी र त्यसमा आएका समाचार सबै झुठो भएको समेत अडान राखेका छन् । उनले अफवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरिदिन सम्पूर्णमा विनम्र अनुरोध गरेका छन् ।
हेरौं उनको स्टाटस: