काँग्रेसको घोषणापत्रमा बिपीवाद राख्‍न परशुरामको सुझाव

काठमाडौं, ९ असोज । नेपाली काँग्रेसको चुनावी घोषणापत्रमा बिपीवाद राख्‍न महामन्त्री विश्वप्रकाश शर्मालाई सुझाव दिइएको छ । महामन्त्री शर्मा काँग्रेसको घोषणा-पत्र तयारी समितिका संयोजक हुन ।

नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा काठमाडौं-३ का पुर्व क्षेत्रीय सभापति परशुराम पोख्रेलले महामन्त्री शर्मालाई पत्र लेखेर उक्त सुझाव दिएका हुन । उनले जनताको बीचमा जाँदा नेपाली जनताले अहिले उपभोग गरेको लोकतन्त्र बिपीको विचारबाट सृजित व्यवस्था हो भन्‍ने बुझाउन आवश्यक रहेको भनेका छन् ।

‘लोकतन्त्रभित्र केके हुन्छ त्यो बिपी कोइरालाले प्रतिपादन गर्नुभएको सिद्धान्त हो’, उनले लेखेका छन्- ‘यसकारण आउँदो मंसिर ४ गतेको निर्वाचनमा जाँदा बिपी कोइरालालाई पूर्ण सम्मान गर्दै अबको घोषणापत्रमा लोकतन्त्रको लागि बिपीवाद् लेख्‍न जरुरी छ’ ।

पोख्रेल नेपाली काङ्ग्रेसको तर्फबाट काठमाडौ क्षेत्र नं ३ क‍ो लागी प्रतिनिधी सभा सदस्यमा उम्मेदवार सिफारिस भएका नेता हुन् ।

यस्तो छ उनले लेखेको पत्र: (जस्ताको त्यस्तै)

श्रीमान महामन्त्री एवं संयोजक ज्यू,
घोषणापत्र तयारी समिती नेपाली काङ्ग्रेस ।

विषयः नेपाली काँग्रेसले आफ्नो घोषणा पत्रको सिरानमा लोकतन्त्रको लागि बिपीवाद लेख्‍नु पर्छ भन्ने सम्बन्धमा।

आम मानिसमा एउटा शंकाको धारणाले घर बनाएको छ र तेस्ले अझ फराकिलो दायरा बनाउदै गएको छ।
चाहे त्यो ब्यक्ति काँग्रेस हो या अरूनै कोही
सबैको मनमा के परेको छ भने काँग्रेसका नेताहरु वी पी कोइरालालाई अपमान गर्छन्।बिधान निर्माण गर्दाहोस वा अन्य कुरामा वी पी कोइरालाको नाम लेख्न कन्जुस्याई गर्छन्।वी पी कोइरालाको मार्गचित्रमा कॅाग्रेसलाई हिडाएनन्। खै वी पी कोइरालको समाजबाद कहॅा छ? कॅाग्रेसले वी पी लाई छाडी सक्यो।अहिलेको कॅाग्रेस वी पी कोइरालाले बनाउनु भएको कॅाग्रेसनै हैन।यस्तै यस्तै खाले टिप्पणी सामान्यत सबैखाले बर्गका मानिसले घरमा होस या कार्यालयमा होस या राजनितीक कार्यक्रममा होस या चिया पसलमा होस या किशानको मेलापातमा गर्ने कुरा यिनै हुन।
भारत,चिन जस्ता ठुला मुलकबाट त्यहाका नेता नेपाल भ्रमणमा आउदा वी पी क‍ोइरालासग जोडिएका बिचार र नितिसग मिलेर अगाडि बढ्नको लागि वी पी कोइराला सग नजिकिन ख‍ोज्दछन् र वी पी कोइरालाको अस्तु छ कतै भनेर सोधनि गर्दै सुन्दरीजल आउन थालेका छन्।तर नेपाली काँग्रेस भित्र यस्ता मानिस छन। वी पी कोइरालालाई जलाएको म्शानघाटको नाम समेत लिन चाहदैनन् र तिनिहरु सधै वी पी कोइरालालाई अपमान मात्र गर्छन र यस्ता मानिस सबै क्षेत्रमा छन् भनेर आम मतदाता र जनताको मनमा यो कुराले राम्रै डेरा जमाएको पाइएको छ।
यसैले वी पी को बिचारलाई सम्मानका साथ ब्यबहारिक रुपमा लागू गर्न सकिने गरि कार्यक्रमहरु ल्याउन पर्छ।
कम्यूनिष्टुहरु र राजाबादिदलहरु मिलेर नेपाली काँग्रेसलाई कतिबेला घेराबन्दी गर्छन था छैन।
यसैले जनताको बिच्मा जादा नेपाली जनताले अहिले उपभोग गरेको लोकतन्त्र वी पी को बिचारबाट श्रीजित ब्यबस्था हो।लोकतन्त्र भित्र के के हुन्छ त्यो वी पी कोइरालाले प्रतिपादन गर्नु भएको सिद्धान्त हो। भनेर बुझाउन सक्न पर्यो नेपाली कॅाग्रेसले।
यसकारण आउदो मंशिर ४ गतेको नि्र्बाचनमा जादा वी पी कोइरालालाई पूर्ण सम्मान गर्दै अबको घोषणापत्रमा लोकतन्त्रको लागि वी पी वाद लेख्न जरुरी छ।
यस्ले के देखाउछ भने अब चाहिँ नेपाली काँग्रेस वी पी को बाटो हिड्छ जस्तो छ है भनेर आम नेपाली सबै बर्ग र तप्काका मानिसले भन्न थाल्नु हुन्छ भन्ने बिश्वास लाग्दछ।।जय नेपाल !!!

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय