बस र ट्रक ठोक्किँदा एकजनाको मृत्यु, ३१ घाइते

कपिलवस्तु, ८ असोज । पूर्वपश्‍चिम राजमार्गअन्तर्गत कपिलवस्तुमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका ४ र ९ को सीमानजिकै भएको दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

काठमाडौंबाट दाङ जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ५६६५ नम्बरको ट्रक ठोक्किँदा गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको हो । उनको परिचय भने खुलेको छैन ।

घाइतेमध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय