होन्डुरसमाथि अर्जेन्टिनाको सहज जीत, मेस्सीको दुई गोल
काठमाडौं, ८ असोज । मैत्रीपुर्ण फुटबल खेलमा अर्जेन्टिनाले होन्डुरसलाई हराएको छ । शनिबार विहान भएको खेलमा अर्जेन्टिनाले होन्डुरसलाई ३-० गोलअन्तरले हराएको हो ।
अर्जेन्टिनाको जीतमा लियोनल मेस्सीले २ गोल गरे भने लाउतारो मार्टिनेजले १ गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल सम्भव भए ।
खेलको १६औं मिनेटमा लाउतारोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
दोस्रो हाफको ६९औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ३-० को जीत पक्का गरे ।