विवाह बन्धनमा बाँधिए बुद्धि र अनु
काठमाडौं, ७ असोज । चर्चित नेपाली अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । बुद्धिले मकवानपुरकी अनु थिङसँग शुक्रबार तामाङ परम्पराअनुसार विवाह गरेका हुन् ।
भक्तपुर कौशलटारस्थित एक पार्टी प्यालेसमा दुवै पक्षको परिवारका सदस्यको उपस्थितिमा विवाह सम्पन्न भएको हो । विवाहमा आफन्त र नजिकका साथीभाई उपस्थित थिए ।
हाँस्य अभिनेता बुद्धिले छक्का पञ्जा र कबड्डीसहित अन्य थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका छन् ।
३० वर्षीया अनु थिङ हाल स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन् ।