पानीपोखरीमा पानीको उदण्डता !

रञ्‍जिता सिग्देल

काठमाडौं, ६ असोज । काठमाडौं महानगरपालिका वडा नम्बर-६, महाङ्कालको पानीपोखरी भन्‍ने स्थान । समय दिउँसोको ४:०० बजे । आयोजक थिए पानीपोखरी युवा क्लब र कार्यक्रम थियो क्लबको वार्षिकोत्सब तथा वाटर फाउन्टेन सहितको पार्क उद्घाटन र मन्तव्य राख्‍ने ।

कार्यक्रममा प्रमुख अतिथि बनाइएका गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसेसहित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बागमती प्रदेशका निवर्तमान सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगर प्रमुख दिपक रिसाल र काठमाडौं-६ का वडा अध्यक्ष भुवन लामा समयमै पुगेर कार्यक्रम सुरु हुँदै थियो ।

कार्यक्रमका संयोजक पबिन भट्ट पार्क उद्घाटनको चाँजोपाँजो मिलाएर रिबन काट्ने कैँची खोज्दै थिए । मन्चमा रहेका प्रमुख अतिथि र विशेष अतिथिहरु रिबन काट्न पार्कतर्फ लम्कदै गर्दा आकाशबाट पानीको वर्षा भयो । एकैपटक ट्याङ्की फुटेरै पोखिएको जस्तो गरि पानी बर्सेको कुरो आयोजक र उपस्थित कसैले पनि भेउसम्म पाएनन् । हेर्दाहेर्दै कार्यक्रम स्थल पोखरीमा परिणत भयो र कार्यक्रम सकियो ।

काठमाडौं-६ स्थित महाङ्कालमा पार्क निर्माण भएपनि त्यसको लगानी भने गोकर्णेश्वर नगरपालिकाले गरेको हो । काठमाडौं-६ का हालका वडाअध्यक्ष भुवन लामा समेतको टिमको आग्रहमा गोकर्णेश्वर नगरपालिकाका निवर्तमान मेयर सन्तोष चालिसेले १९ लाख रुपैयाँ सो वाटर फाउन्टेन सहितको पार्कको लागि व्यवस्था मिलाएका थिए ।

पार्क उद्घाटन गर्ने समयसम्म सो रकमबाहेक पनि थप ३ लाख रुपैयाँ लगानी भएको संयोजक पबिन भट्टले जानकारी दिए । पार्कमा आराम गर्न मिल्नेगरी बस्ने बेन्ची, वाटर फाउन्टेन, कलरफुल बत्ती, फुलबारी समेत रहेको र पार्क घुम्‍न. बस्‍न फोटो खिच्‍न कुनै शुल्क नलाग्‍ने भट्टले बताए ।

तस्बिरहरु हेर्नुस:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय