मकवानपुरमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु

मकवानपुर, ६ असोज । मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिकाको जुरिखेतमा भएको दुर्घटनामा परी ६ जनाको घटनास्थलमै तथा एकजनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्किएको छ ।

दुर्घटनाका घाइतेहरुको हेटौंडाका अस्पतालहरूमा उपचार भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय